नियम ५८
दूर शिक्षा समितिको काम, कर्तव्य र अधिकार
दूर शिक्षा समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) दूर शिक्षा सम्बन्धमा नीति निर्माण गर्ने,
(ख) दूर शिक्षा सम्बन्धी कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्ने,
(ग) दूर शिक्षाको लागि स्रोत र साधनको आवश्यक व्यवस्था गर्ने,
(घ) दूर शिक्षा प्रदान गर्ने शिक्षण संस्थालाई सम्बन्धन दिने,
(ङ) दूर शिक्षा सम्बन्धमा समकक्षता निर्धारणको व्यवस्था मिलाउने,
(च) स्वीकृत पाठ्यक्रमको आधारमा दूर शिक्षाको पाठ्यसामग्री स्वीकृत गर्ने,
(छ) दूर शिक्षा प्रदान गर्ने संस्थाको निरीक्षण तथा मूल्याड्ढन गर्ने,
(ज) दूर शिक्षाको माध्यमबाट उच्च शिक्षा प्रदान गर्ने सम्बन्धमा अध्ययन अनुसन्धानको व्यवस्था गर्ने,
(ज१)दूर शिक्षाको परीक्षा सम्बन्धी आवश्यक व्यवस्था मिलाउने,
(ज२)दूर शिक्षा सम्बन्धी अन्य काम गर्ने,
(झ) दूर शिक्षा सम्बन्धी पाठ्यक्रम तथा पाठ्यलेखन मूल्याड्ढनको पारिश्रमिक निर्धारण गर्ने ।